हमासले बन्धक बनाएका नेपाली विपीन जोशीको भिडियो सार्वजनिक

काठमाडौं । हमासले बन्धक बनाएका विपीन जोशीको भिडियो बुधबार साँझ सार्वजनिक गरिएको छ । उक्त भिडियो इजरायली गुप्तचर एकाइहरूले प्राप्त गरेपछि सार्वजनिक गरिएको जेरुसेलम पोस्टले जनाएको छ । ३३ सेकेन्डको भिडियोमा जोशीले आफ्नो परिचय दिएका र आफू अपहरणअघि इजरायल आएको र कृषि फर्ममा काम गरेको बताएका छन् । जोशीको परिवारले एक विज्ञप्तिमा भनेको छ, गाजामा भेटिएको यो जीवनको प्रमाण जुन हामी आज तपाईंसमक्ष बाँड्दैछौँ, यसले उहाँ जीवित हुनुहुन्छ भन्ने हाम्रो अटल विश्वासलाई बल दिएको छ । जोशी अक्टोबर ७ को हमला हुनुभन्दा तीन हप्ताअघि मात्र कृषि शिक्षा कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । उनलाई किबुत्ज अलुमिम बाट अपहरण गरिएको थियो, जहाँ अन्य धेरै नेपाली नागरिकहरू बस्दै आएका थिए । नोभेम्बर २०२३ को वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार, जोशीले आफ्नो आश्रयस्थलमा लुकेका सबैको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

उक्त रिपोर्टमा उल्लेख भएअनुसार, झ्याल नभएको कोठामा दुईवटा ग्रेनेड प्रवेश गर्दा उनले ती ग्रेनेड समातेर एउटालाई बाहिर फ्याँकिदिएका थिए । दोस्रो ग्रेनेड भने सफल भएन, जसको विस्फोटबाट उनका पाँच साथीहरू गम्भीर रूपमा घाइते भएका थिए । जोशीलाई हमासले गाजामा अपहरण गरेर लगेको थियो र एक समय शिफा अस्पतालमा राखिएको थियो । उनी अस्पतालमा राखिएको भिडियोबाहेक जोशीको जीवित रहेको धेरै कम संकेत प्राप्त भएका थिए । यस वर्षको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोशीको अवस्था र भाग्यबारे आफूलाई चिन्ता रहेको बताएका थिए । नेपालको तेल अभिभस्थित दूतावासले द जेरुसेलम पोस्टलाई ट्रम्पको भाषणभन्दा पहिले यसबारे उनीहरूसँग कुनै जानकारी आदानप्रदान नगरिएको बताएको थियो । विपीन दुई वर्षअघि लर्न फर अर्न कार्यक्रमका क्रममा इजरायल पुगेका थिए । उनी अपहरण हुनुभन्दा २५ दिनअघि इजरायल पुगेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *