चमेली कल्याणकारी साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिक साधारणसभा ३८०३ जना सदस्यहरूको उपस्थितिमा भब्यताका साथ सम्पन्न भयो । उक्त साधारणसभा संस्थाका अध्यक्ष प्रमोद घिमिरेको अध्यक्षता र स्थापनाकालका अध्यक्ष बद्रिप्रसाद चौलागाईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष मिठाराम न्यौपानेबाट स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव दिपककुमार न्यौपानेले गर्नुभएको थियो । सभालाई पूर्व अध्यक्षद्वय पुष्कर बुढाथोकी, जनार्दन न्यौपाने र कानूनी सल्लाहकार विष्णुकाजी थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो । सभामा संस्थाका सचिव दिपककुमार न्यौपानेद्वारा आ.व. २०८१।८२ मा सम्पन्न कार्यक्रम तथा आ.व. २०८२।८३ कार्यक्रमिक प्रतिवेदन, कोषाध्यक्ष नवराज घिमिरेद्वारा २०८१।८२ को वित्तीय उपलब्धी तथा २०८२।८३ को प्रस्तावित बजेट, आई. पि मैनाली एण्ड एशोसियट्सका चार्टर्ड एकाउन्टेन्ट्स ईन्द्र प्रसाद मैनालीद्वारा प्रस्तुत संस्थाको आ. व. २०८१।८२ को लेखा परीक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक सालिकराम घिमिरेद्वारा प्रस्तुत प्रतिवेदन उपर छलफल गरि पारित गरियो ।

त्यसैगरि उक्त सभामा शताब्दी पुरूष १०० वर्षिय सदस्य दिलबहादुर थापा, उत्कृष्ट बचतकर्तामा सदस्यद्वय लक्ष्मी श्रेष्ठ र सन्तोष चौलागाई, उत्कृष्ट ऋणी सदस्यद्वयमा अन्जली कार्की र मिलन कार्की, बचत केन्द्रतर्फ धनलक्ष्मी बचत केन्द्र, सिरूटार, २०८१ सालको एस.ई.ई परिक्षामा ४ जिपिए ल्याउन सफल सदस्यका छोरा छोरी मध्ये अध्यात्म घिमिरे, आयाम न्यौपाने, सुश्री ग्रिष्मा कार्की, सुश्री सिम्रन पोखरेल र सुश्री शिक्षा घिमिरे, उत्कृष्ट कर्मचारीको रूपमा यमुना फुयाँल घिमिरेलाई सम्मान तथा पुरष्कृत गरियो ।

उक्त साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न कृयासिल साधारणसभा कार्यदल, पूर्व पदाधिकारी, समिति,उपसमिति, सल्लाहकार, कूलमाया भगवती आधारभूत मा.वि. परिवार, सिरूटार प्रहरी प्रभाग परिवार, पि.एस क्याटिरङ, अमुल साउण्ड, प्रमुख अतिथि, कर्मचारीहरू र उपस्थित सदस्य महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दै सदस्यहरूको वित्तीय आवश्यकता परिपूर्ति गर्न संस्था सुशासनयुक्त ढंगबाट अगाडि बढ्ने प्रतिबद्धता सहित सम्मानित र पुरष्कृत हुनु हुने सबैमा शुभकामना र बधाई ज्ञापन गर्दै कार्यक्रमका अध्यक्षबाट सभा विसर्जन गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *