वीरेन्द्रबहादुर बस्नेतसहितको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
काठमाडौँ । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले नयाँ दल गठन गरेको छ । दिनेश प्रसाईं नेतृत्वमा रहने गरी गतिशील लोकतान्त्रिक पार्टी गठन भएको हो । उनीहरुले निर्वाचन आयोग पुगेर बिहीबार दल दर्ताका लागि निवेदन दिएका छन् । बस्नेतले ५ ,६ महिनादेखि नै पार्टी गठन गर्नेबारे छलफल गरिरहेका थिए ।
नयाँ परिस्थितिका बीचमा २१ फागुनलाई चुनाव घोषणा भएपछि बस्नेतको गृहकार्यले तीव्रता पाएको थियो । पार्टीमा एक जना अध्यक्ष र ५ जना महासचिव राख्ने तयारी छ । बाँकी सदस्य हुनेछन् । पदाधिकारीले चुनाव लड्न नपाउने गरी व्यवस्था गर्ने तयारी छ । त्यही कारण बस्नेत आफू नेतृत्वमा बसेका छैनन् ।

















