प्रधानमन्त्री कार्कीले आज कूटनीतिक निकाय र राजदूतहरूसँग छलफल गर्दै

काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार कूटनीतिक निकाय र राजदूतहरूसँग शुक्रबार छलफल गर्दैछिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज दिउँसो साढे दुई बजे छलफल तय भएको छ। प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको अवस्था, निर्वाचनको तयारी लगायतका विषयमा राजदूतहरूलाई ब्रिफिङ गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ। ‘प्रधानमन्त्रीज्यूले नेपालस्थित विभिन्न कूटनीतिक निकायका प्रमुखरराजदूतहरूलाई ब्रिफिङ गर्न लाग्नु भएको हो,’ प्रधानमन्त्रीका प्रेस संयोज राम रावलले जानकारी दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *