चमेली कल्याणकारी सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरी मनायो स्थापना दिवस
भक्तपुर । सूर्यविनायक नगरपालिका १ विरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले २४ स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा विस्तारित मञ्च तथा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा स्थानीय वासिन्दा, सदस्य, कर्मचारी र सञ्चालक समितिले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई संस्थाले प्रमाण पत्र समेत प्रदान गरेको थियो । ‘रक्तदान,जीवनदान भन्ने उदेश्यका साथ सामुदायिक भवन परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा स्वंयसेवी रक्तदाताहरुले रक्तदान गरेका हुन् । विरामीहरुको लागि अत्यावश्यक पर्ने रगतको मागलाई केहि मात्रामा भए पनि पुरा गर्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । आर्थिक बर्ष २०५९।६० सालमा स्थापना भएको उक्त सहकारी संस्थामा असोज मसान्तसम्म ५ हजार बढी सदस्य आवद्ध भएका छन् । संस्थाले त्यस क्षेत्रका स्थानीय वासिन्दालाई सदस्य बनाई उनीहरुमा बचत गर्ने भावनाको विकास गरी बचत ऋणका कारोबार मार्फत् आर्थिक सामाजिक रुपान्तरणमा समेत योगदान पु¥याउदै आएको छ ।

सदस्यहरुको मन जित्न सफल उक्त संस्था त्यस क्षेककै एक उत्कृष्ट र बलियो संस्था समेत बनेर गएको छ । गत असोज मसान्तसम्म संस्थाको शेयर पुँजी ६ करोड ५९ लाख २३ हजार, जगेडा कोष ९ करोड ५१ लाख ८२ हजार, कुल संस्थागत पुँजी ९ करोड ८९ लाख ६६ हजार,विभिन्न कोषमा ७ करोड ६३ लाख ९७ हजार र बचत संकलन ७९ करोड ५८ लाख ९० हजार पुगेको व्यवस्थापक सुदर्शन चौलागाईंले जानकारी दिए । संस्थाले त्यस अवधिमा ७१ करोड २५ लाख ३१ हजार ऋण लगानी गरेको छ भने १ अर्ब ४ करोड ४५ लाख कुल सम्पत्ति पु¥याउन सफल भएको छ । संस्थाले सहकारी मुल्य मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सदस्य र समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणमा काम गर्दै आएको छ । संस्थागत सुशासन र वित्तीय पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेको उक्त संस्था सदस्यहरुको समृद्धको सारथी बनेको व्यवस्थापक चौलागाईं बताउछन् । संस्थाका अध्यक्ष प्रमोद घिमिरेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ ।
















