सरकारको निर्णयविरुद्ध शाक्य पुगे सर्वोच्च

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका छन् । मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो । शाक्यले आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने माग गर्दै सर्वोच्च गएको पुष्टि गरे ।

“हो म सर्वोच्च गएको हो,” शाक्यले छोटो प्रतिक्रिया दिँदै भने । उनले सोमबार नै सर्वोच्च पुगेको बताएका छन् । आफूलाई हटाउनु गैरकानुनी भएको भन्दै सोमबार दायर गरेको रिट दर्ता भएको छ। रिटमा सर्वोच्चले मंगलबारका लागि पेसी तोकेको सर्वोच्चका प्रवक्ता सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *