नास आइटीले टिग नास आइटी एक्स्पो २०२५ आयोजना गर्ने

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिज (नास आइटी) ले ‘टिग नास आइटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजना गरी नास आइटीले कात्तिक २१ र २२ गते एक्स्पो हुने नास आइटीकी महासचिव अलिसा श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार उक्त एक्पो ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुनेछ, जसमा विभिन्न आइटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शनीमा रहनेछन् । स्थानीय प्रविधि र डिजिटल उद्यमशीलतालाई प्रवर्द्धन गर्नका लागि पहिलो पटक नास आइटी एक्स्पो गर्न लागिएको हो । एक्स्पोमा ३० बढी आइटी सेवा र उत्पादनहरूको प्रदर्शनी हुने नास आइटीले जनाएको छ, जसमा अवलोकनकर्ताले विशेष अफर पाउनेछन् । एक्स्पोले नेपालको आइटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्ने नास आइटीले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *