कार्तिक २४ गतेदेखि भृकुटीमण्डपमा हिरो सर्भिसका साथै एक्सचेन्ज महामेला हुँदै

काठमाडौं । कार्तिक २४ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हिरो सर्भिसका साथै एक्सचेन्ज महामेला हुने भएको छ । सर्भिसका सेवाहरुमा लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयपार्टस एवं ल्युबमा १५ प्रतिशत छुट, ए.एम.सि. सर्भिसमा ३० प्रतिशत छुट पाउनुका साथै निःशुल्क रुपमा इन्जेक्टर क्लििङ्ग, वासिङ र हिरोको मर्कन्टाईजहरु समेत पाउनका साथै हिरो टु हिरो एक्सचेन्जमा न्यूनतम भ्यालुएसन ३० हजार सहित थप भ्यालु एडिसन रु. १५ हजार देखि १ लाख वा अन्य ब्राण्ड टु हिरोमा एक्सचेन्जमा न्यूनतम भ्यालुएसन २५ हजार सहित थप भ्यालु एडिसन रु १५ हजार देखि १ लाख सम्म पाइनेछ ।

नयाँ हिरो मोटरसाईकल र स्कुटरहरुको खरिदमा न्युनतम रु ८ हजार देखि १ लाखसम्मको डिस्काउन्ट तथा फ्रि एशोशेरिजहरु हेल्मेट, वाईक कभर र ग्लोभ्स प्राप्त हुनेछ । सरल फाइनान्सको सुविधा सहित नागरिकताको भरमा हिरो मोटरसाईकल तथा स्कुटरहरु किन्न सकिनेछ । दैनिक रुपमा लक्कि ड्र मार्फत एक जना ग्राहकलाई फुलफेस हेल्मेटका साथै मेला अवधिभरमा भ्रमण गर्नु भएका ग्राहकहरु मध्यवाट लक्कि ड्र गरि एकजनालाई नथिङ स्मार्ट फोन पाउन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *