प्रधानमन्त्री कार्कीसँग आईजीपी खापुङको बिदाइ भेट

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार उनले प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् । उनी नवनियुक्त महानिरीक्षक दानबहादुर कार्कीलाई लिएर प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक नियुक्त गरेको थियो । यही कात्तिक २६ गते राति १२ बजेबाट खापुङ अनिवार्य अवकाशमा जाँदैछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *