सांग्रिला डेभलपमेन्ट बैंकले १०.३५८३ प्रतिशत लाभांश दिने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसमेत ५.३५८३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको २१ औं वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ । ३ अर्ब ५५ करोड ६२ लाख रूपैयाँ चुक्तापुँजी रहेको बैंकले १७ करोड ७८ लाख रूपैयाँको बोनस सेयर र १९ करोड ५ लाख रूपैयाँ नगद लाभांश गरी कुल ३८ करोड ८३ लाख रूपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
















