पारिजात सहकारी १७ बार्षिक साधारणसभा सम्पन्न,३ करोड १२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन

भक्तपुर । २०६५ मा भक्तपुरको कटुञ्जेमा रहेको पारिजात सहकारी संस्थाको १७ बार्षिक साधारणसभा जिल्ला सहकारी संघका अध्यक्ष एवं संस्थाका पूर्व अध्यक्ष ध्रुबवहादुर रायमाझीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष २०८१।८२ मा ३ करोड १२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८.२८ प्रतिशत बढी हो। बार्षिक साधारण सभामा सार्वजनिक गरिए अनुसार संस्थाले खुद नाफाको रकमलाई सहकारी ऐन अनुसार कोष बाँडफाँड गरी शेयर सदस्यहरूलाई ९.४० प्रतिशत लाभाँश दिन प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्ष संस्थाले २ करोड ६४ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३ करोड ४३ लाख रुपैयाँबाट बढेर ६ करोड ७२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी ४ करोड ८ लाख रुपैयाँबाट बढेर ७ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २ अर्ब ८५ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। ११ करोड ४ लाख ४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस संस्थाको साधारण जगेडा कोषमा ८ करोड ८० लाख रुपैयाँ सञ्चित छ। संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८२ करोड १६ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ करोड ३७ लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

साधारण सभामा संस्थाका अध्यक्ष टंकराज काफ्लेले पारिजात सहकारी संस्थाले आगामी दिनमा केही नीतिगत र केही कार्यगत सुधार गर्दै लैजाने प्रतिवद्धता जनाए । उनका अनुसार ऋणीहरूको आयश्रोतको बिश्लेषण गर्दै ऋण प्रदान गर्ने कामलाई निरन्तरता दिने,जोखिम घटाउन ऋणीको अनुमगन गर्ने, सूचना प्रणाली र सफ्टवेयरलाइ स्वचालित बनाउने,सफ्टवेयरबाटै ऋण खाताको जाँच गरिने जस्ता सुधार गरिने जानकारी दिए । उनले आगामी बर्षहरूमा ‘सदस्यकै लागि सदस्यद्वारा’ सञ्चालित सहकारी भन्ने मूल मर्मका साथ अगाडि बढ्ने उद्घोष गरे । सदस्यहरूमध्येवाट करीव ८० प्रतिशतले ऋणसेवा उपयोग गरेका छन् भने ऋण असुली दर पनि ८६ प्रतिशत रहेको छ । संस्थामा एक बर्षभन्दा बढी भाखा नाघेको ऋण मात्र ५ प्रतिशत रहेको छ । कार्यक्रममा उत्कृष्ट ऋणी,उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कर्मचारी, जेष्ठ शेयर सदस्य र एसइइमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मानित गरिएको थियो । संस्थाकी प्रबन्धक पारू खनालका अनुसार साधारण सभाको अवसरमा ५८ जना सेयर सदस्यले रक्तदान गरेका थिए । सहकारीमा करीब ३ हजार साधारण सदस्यहरू रहेका छन् । जसमध्ये करिब ८०० जना वैदेशिक रोजगारमा गएकाहरुले त्यहीबाट बचत रकम संस्थामा बचत गर्ने जनाईएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *