प्रधानमन्त्री कार्यालयभित्रै जेनजीबीच भनाभन

काठमाडौं । प्रधानमन्त्री कार्यालयभित्रै जेनजी अगुवाहरूबीच भनाभन भएको छ । सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका जेनजी अगुवाहरू ओजस्वीराज थापा र सुप्रिया राज्यलक्ष्मी शाहीबीच भनाभन भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उनीहरूबीचको भनाभन ‘तँ–तँ र म–म’को स्थितिमा पुगेको थियो । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नातेदार नियुक्तिको विरोध जनाउन पुगेका जेनजी अगुवाबीच नै विवाद भएको हो । प्रधानमन्त्री कार्की भने उनीहरूलाई भेट्दै नभेटी सिंहदरबारबाट बाहिरिएकी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *