नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदैछन् । जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित हुन लागेका हुन् ।
चार समूह र नेपाली कम्युनिस्ट पार्टी बिचको एकता घोषणा कार्यक्रम दिउँसो एक बजे राष्ट्रिय सभागृहमा हुँदैछ । कार्यक्रममा जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह राजेन्द्र श्रेष्ठको नेतृत्वमा एकतामा समाहित हुँदैछ । यस्तै, सरद रसाइली नेतृत्वको नेकपा माओवादी विद्रोही समूह समाहित हुँदैछ ।
















