नयाँ क्रियाशील सदस्यता वितरणबारे कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले आज (शुक्रबार) पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग छलफल गर्दैछ । महामन्त्री गगनकुमार थापा नेतृत्वको समितिले सबै भ्राृत तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई बोलाएर नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा छलफल गर्न लागको हो । समिति सदस्य सीता गुरूङले सदस्यता वितरणलाई एउटा राष्ट्रिय अभियानका रुपमा अघि बढाउन छलफल गर्ने लागिएको जानकारी दिइन् । उनका अनुसार समितिले भ्राृत तथा शुभेच्छुक संगठनहरूका पदाधिकारीलाई दिउँसो १ बजे सानेपामा बोलाइएको छ ।

‘आज हामी भ्रातृ र शुभेच्छुक संस्थासँग छलफल गर्छौैं । त्यसपछि केही निर्णयहरू गर्नुपर्ने छ । निर्णय गर्छौं,’ समिति सदस्य तथा केन्द्रीय सदस्य गुरूङले भनिन् । यसअघि महाधिवेशनको मिति तोकिएपछि बुधबार पहिलो पटक बसेको समितिको बैठकले दुई दिनभित्र १६५ निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्‍याइसक्ने निर्णय गरेको थियो । कांग्रेसले आसन्न १५ औं महाधिवेशनलाई क्रियाशील सदस्यताको विवादबाट मुक्त गराउने उद्देश्यसहित महामन्त्री थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ बनाएर काम अघि बढाएको थियो । व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *