एमाले राष्ट्रिय महाधिवेशनमा २१५४ जना प्रतिनिधि सहभागी हुने

काठमाडौँ । नेकपा (एमाले) ले ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको छ । बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको हो । बैठकले महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरि २१५४ जना प्रतिनिधि सहभागी हुनेगरी टुंग्याइएको एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रीय सल्लाहाकार परिषदका ३०९ जना सदस्यहरुको पनि महाधिवेशनमा सहभागिता रहनेछ । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि सुरु हुँदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *