निर्माण व्यवसायीमाथि अहिले समय समयमा राज्यको आतंक बढेको छ : मुख्यमन्त्री बानियाँ
काठमाडौं । काठमाडौंमा आयोजित वाग्मती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौँ वार्षिक साधारणसभामा वाग्मती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गरेका छन् । निर्माण व्यवसायीमाथि अहिले समय समयमा राज्यको आतंक बढेको छ । र, एउटा मानवीय व्यवहार पनि नरहेको अवस्था छ । र कहीँ निर्माण व्यवसायीहरूको आफ्नो त्रुटि होला । कहीँ राज्यको त्रुटी होला । दुवै पक्षको त्रुटिलाई सुधार गरेर देश, प्रदेश र स्थानीय तहलाई तीन तहको सरकारले गर्ने कार्य र टेन्डर प्रक्रियालाई व्यवस्थित गरेर लैजानुपर्दछ ।
बानियाँले विकास, निर्माणको कार्यलाई अघि बढाउने नाममा स्टन्टबाजी नगर्न तीनै तहका सरकारलाई सचेत गराए । देश स्टन्टबाजीले चल्दैन । विधिको शासन र कानुनी राज्य छ देशमा । कानुनलाई परिमार्जन गरौँ । तर, स्टन्टबाजीलाई बन्द गरौँ । निर्माण व्यवसायीहरूले विभिन्न ठाउँमा दुःख पाएको अवस्था छ । कहीँ निर्माण व्यवसायीहरूको कमजोरी होला । उनले विधि र प्रक्रिया नपुर्याई टेन्डर आह्वान गर्ने कामले पनि विकास, निर्माणको कामले गति लिन नसकेको बताए । मुख्यमन्त्री बानियाँले निर्माण व्यवसायीहरूलाई बैंकहरू पनि पछिल्लो समय दुःख दिने गरेको समेत बताए । मुख्यमन्त्री बानियाँले प्रधानमन्त्री, मन्त्रीले समेत आफूले काम गरेको देखाउनका लागि गैरकानुनी ढंगले टेन्डर आह्वान गर्नेलगायतका कामहरू गरिरहेको भन्दै आपत्ति जनाए ।















