१ अर्ब ६० करोडको ‘नेपाल लाइफ समृद्धि लगानी योजना निष्कासन गर्न स्वीकृती

काठमाडौं । योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल रहेको नेपाल लाइफ समृद्धि लगानीले म्युचुअल फन्डका इकाइ निष्कासनको लागि धितोपत्र बोर्डबाट स्विकृती पाएको छ । नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल योजना व्यवस्थापक रहेको उक्त सामूहिक लगानी योजनाले पुस १३ गते आइतबार धितोपत्र बोर्डबाट १६ करोड इकाई म्युचुअल फन्ड निष्कासनको लागि विवरणत्र स्वीकृत भएको हो । प्रतिइकाई १० रुपैयाँ दरको नेपाल लाइफ क्यापिटलको यो म्युचुअल फन्डको आकार १ अर्ब ६० करोड रुपैयाँ बराबरको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *