फिफा विश्वकप २०२६ टिकटकमा

काठमाडौं । टिकटकले फिफासँग एक सम्झौतामार्फत् विश्वव्यापी साझेदारी गरेको छ । यस साझेदारीमार्फत फिफा विश्वकप २०२६ को आधिकारिक कभरेज गर्नेछ । बीहाइन्ड–द–सीन एक्सेस र इन्टरएक्टिभ फ्यान अनुभवहरू उपलब्ध हुनेछन् । सन् २०२६ को अन्त्यसम्म कायम रहने यो साझेदारीले फुटबलको सबैभन्दा ठूलो प्रतियोगितालाई डिजिटल माध्यमबाट अनुभव गर्न पाउनेछन् । यसमा टिकटकले लाइभ खेल प्रसारणका अलावा समर्थक र कन्टेन्ट क्रिएटरहरूलाई प्रतियोगितासँग जोड्ने केन्द्रीय भूमिका निभाउनेछ ।यस सहकार्यले टिकटकलाई मौलिक सामग्रीको वृद्धिसँगै फिफा विश्वकप २०२६ को अझ व्यापक कभरेज प्रदान गर्न सक्षम बनाउनेछ ।

प्रतियोगिताभर टिकटकले समर्थक र क्रिएटरहरूका लागि मुख्य प्लेटफर्मका रूपमा स्थापित हुँदै इन्टरएक्टिभ र समुदायमा आधारित फुटबल अनुभव प्रदान गर्नेछ । साझेदारी फिफा महिला विश्वकप २०२३ का क्रममा टिकटक र फिफाबीच भएको सफल सहकार्यको निरन्तरता हो । जसले विश्वभर दशौँ अर्ब भ्युज प्राप्त गर्दै खेल सामग्री उपभोगमा डिजिटल प्लेटफर्महरूको बढ्दो भूमिकालाई स्पष्ट पारेको थियो । रुचाइएको प्लेटफर्म साझेदारीको मुख्य आधार टिकटकको इमर्सिभ फिफा विश्वकप २०२६ हब हुनेछ । टिकटक गेम प्लानद्वारा सञ्चालित यो हबमार्फत समर्थकहरूले ४८ टिम सहभागी हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *