नारी दिवसको शुभकामना

ईश्वर तिमिले अब
श्रृष्टि बुझत
नारीबिना रसिलो
हुन्न जगत ।१

मुटु भन्दा पियारी
आमानै नारी
सन्तान भलाईमा
सधै पियारी ।२

सधैं भरी हुनु पर्छ
नारी बर्चस्व
श्रृष्टिका उच्च बिधा
ज्ञान सर्वस्व ।३

दुख कष्ट मिलनमा
नारी सहन्ता
अला‌ैकिक शक्ति छ
सधै महान्ता ।४

घरधन्दा प्यारोछ
नारी रसिला
जस्तोदुख परेनि
सधै हसिला ।५

हितभाव छोपि रहने
नारी धन्सार
नारी बिना चल्दैन
हाम्रो संसार ।६

फरक हुन्न मायामा
नारी एउटै
संसार जमाउने
हुन देउतै।७

सबका आशा हौसला
मायामा नारी
आमा पनि नारीनै
श्र‌ृष्ठिका धारी । ८

उमेरको परीपक्व
फस्यौं मर्मले
आमाको कोषभित्र
बस्यौं धर्मले । ९

स्वच्छ भाव मन राखि
बुझौं हामिले
दुधको भारा तिर्न
सक्छौं कहिले ? १०

घरधन्दा सबै गर्छन
गर्छु बयान
नारीको मुस्कानमा
खुसी चयन ११

आफना सन्तान स्थिरमा
दुख गरेर
हुर्काउंछिन नारीले
भावि सम्झेर ।१२

दुख लाग्छ सधैं भरी
आमा नहुँदा
हेरेनन कसैले
सम्झि म रुदां १३

सत्यतामा अडिग नारी
बह नखोल्ने
जति पिडा परेनि
बोल्दै नवोल्ने ।१४

घर भित्र लक्ष्मी छिन
आफै बुझेर
नारीलाई पुजौ है
हुन्न जुधेर ।१५

दुख सुख सधै साथ
हुन्न विर्सना
सोध्नुपर्छ नारीमा
के छ तिर्सना ।१६

प्रियसिको आवाज आवस
हसि मुखले
गाँस मिठो हुनेछ
नारी सुखले ।१७

खण्ड खण्ड स्वरुप भित्र
मायामा नारी
आमा पनि नारीनै
श्रृष्ठिका धारी १८

सुख सयल मिलेपछि
गर्छौं आरती
नारीविना चल्दैन
हाम्रो सारथि ।१९

हाम्रा भुभाग निमोठ्ने
कस्तो बिबेकि
मातृत्व मिच्दैछन
हाम्रा छिमेकि ।२०

सरलता स्वभावका
दिल भावना
नारी प्रति सम्मान
शुभकामना ।२१

दुख सुख भोग गर्योै
कर्म सामना
नारी दिवसको
शुभकामना । २२

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *