“ढुकुढुकिले के भन्छ” म्युजिक भिडियो सार्वजनिक हुँदै
काठमाण्डौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ प्रस्तुति स्वरूप “ढुकढुकिले के भन्छ” शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमान्टिक भावनाले भरिएको यस गीतले प्रेम, भावना र मनको धड्कनलाई सुन्दर तरिकाले प्रस्तुत गरेको छ। यस गीतमा किशोर पोख्रेलको आकर्षक शब्द, रमेश अन्जान कडरियाको मिठो संगीत, सुमन केसि र रोजिना बस्नेतको मन छुने गायनमा समेटिएको छ।
दोलखा जिल्लाको खरिढुङ्गामा छायाङ्कन भएको भिडियोमा देखाइएको कथा र मनमोहक दृश्यहरूले दर्शकको मन जित्ने विश्वास गरिएको छ। रामचन्द्र नेपाली र प्रीतिका शर्माको अभिनयले भिडियो अझै प्रभावशाली बनेको छ। गीतका गायक तथा सम्पूर्ण टिमले दर्शकहरूलाई नयाँ स्वाद दिन प्रयास गरेका छन्। मोहन कुमार झिल्लुको छायान्कन तथा सुरेश पाण्डेको कोरियोग्राफिमा रामकृष्ण बोहोराले आर्कर्सन तरिकाले निर्देशन गर्नु भएको छ यस गित सम्पादन कलर तथा पोस्टर अर्जुन खड्काले गर्नु भएको म्युजिक भिडियो Saira Music Official YouTube channel मार्फत सार्वजनिक गरिने जानकारी दिइएको छ।
















