सामसङ नेपालको नयाँ वर्ष अफर, २५ प्रतिशतसम्म छुट र २४ महिनाको ईएमआई सुविधा

काठमाण्डौं । सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसर पारेर ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान सार्वजनिक गरेको छ। कम्पनीले यस अभियानअन्तर्गत टिभी तथा होम एप्लायन्सहरूमा आकर्षक छुट, उपहार तथा २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध गराउने जनाएको छ। अप्रिल १ देखि मे १४, २०२६ सम्म सञ्चालन हुने यस अफरमा टिभीमा २५ प्रतिशत, वासिङ मेसिनमा २३ प्रतिशत र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट प्रदान गरिनेछ। साथै, चयनित टिभी मोडेल खरिद गर्दा ३ हजार रुपैयाँ बराबरको १२ महिनाको NetTV प्याकेज निःशुल्क दिइने कम्पनीले जनाएको छ। त्यसैगरी, निश्चित वासिङ मेसिन खरिदमा ६ केजी Surf Excel म्याटिक उपहार दिइनेछ। ग्राहकलाई सहज बनाउन कम्पनीले पहिलोपटक २४ महिनासम्मको ईएमआई योजना ल्याएको हो, जसअन्तर्गत ५० हजार रुपैयाँभन्दा माथिका सामान ४० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ। १२ महिनाको ईएमआईमा शून्य प्रतिशत ब्याजदर उपलब्ध हुने भए पनि २४ महिनाको विकल्पमा ७।९९ प्रतिशत ब्याज लाग्नेछ। यसले मासिक किस्ता भारलाई उल्लेखनीय रूपमा घटाउने कम्पनीको दाबी छ। नयाँ प्रविधिमा अपग्रेड गर्न चाहने ग्राहकका लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ, जसअन्तर्गत पुराना उपकरण साटेर नयाँ सामान लिन सकिनेछ। कम्पनीका अनुसार भिजन एआई टिभी र बिस्पोक एआई होम एप्लायन्सलाई नेपाली बजारमा अझ सुलभ बनाउने लक्ष्यसहित यो अभियान ल्याइएको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *