नेपालद्वारा अमेरिका र इरानबीच भएको युद्धविरामको स्वागत

काठमाडौं । नेपालले अमेरिका र इरानबीच भएको युद्धविरामको स्वागत गरेको छ । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै पश्चिम एसियामा भएको युद्धविराम सम्झौताको स्वागत गरेको हो । “नेपाल सरकारले अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौताको हालैको घोषणालाई स्वागत गर्दछ, जसले पश्चिम एसियामा तनाव कम गर्नेछ । भतभेद कम गर्न संवाद र कूटनीतिका लागि अवसर प्रदान गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

युद्धविराम सम्झौतालाई उक्त क्षेत्रमा शान्ति र स्थिरताको प्रवर्द्धनतर्फ सकारात्मक कदमको रूपमा नेपालले हेरेको छ । विवादहरूको शान्तिपूर्ण समाधानको पक्षमा आफ्नो अडानलाई नेपालले दोहोर्‍याएको छ । नेपालले नागरिकहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्नेतर्फ पनि जोड दिएको छ । पश्चिम एसिया र बाहिर दिगो शान्ति र स्थिरता प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायका सबै प्रयासहरूलाई नेपालले समर्थन गर्ने विज्ञप्तिमा जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *