संसद्‌मा चार दलको बहिष्कार, कांग्रेसको अवरोध

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी ४ वटा दलले संसद् बहिष्कार गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने विरोध जनाएको छ । सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन साह नै उपस्थित हुनुपर्ने विपक्षीको माग थियो । तर प्रधानमन्त्रीले आफ्नोतर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त जिम्मेवारी दिएका थिए । प्रधानमन्त्री सदनमा नआएको भन्दै नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले बहिष्कार गरेका हुन् । कांग्रेसले भने अवरोध गर्‍यो । कांग्रेसका केही सांसदहरू भने बैठक छोडेर बाहिरिएका थिए । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहितका नेताहरू भने उठेर विरोध जनाइरहे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *