सीसीआरसीको २५औँ वर्षको यात्रा,सपनादेखि सफलतासम्म
काठमाडौँ । अध्ययन अध्यापनको पवित्र लक्ष्यसहित स्थापित सीसीआरसी कलेज आफ्नो स्थापनाको २५औँ सफल वर्षहरूको यात्रा गरिरहेको सर्वविदितै छ । रजत जयन्तीको यस अवस्थासम्मको यात्रा तय गर्दै गर्दा सीसीआरसीले हजारौँ प्रतिभाशाली विद्यार्थी उत्पादन गरिसकेको छ । यस कलेजबाट अध्ययन पूरा गरी डाक्टर, इन्जिनियर, वैज्ञानिक, सीए लगायतका विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका विद्यार्थीहरू सीसीआरसीका मात्र नभएर राष्ट्रकै गौरव हुन् । यति मात्र नभएर सीसीआरसीका विद्यार्थीहरूले युरोप, अमेरिकाका विश्वप्रतिष्ठित विश्वविद्यालय तथा विभिन्न संस्थाहरूमा पनि छात्रवृत्तिमा अध्ययन गरेर विश्वभर नेपालको नाम प्रख्यात बनाइरहेका छन् । त्यसैले पनि आज सीसीआरसी राजधानीका प्रतिष्ठित कलेजहरूमध्ये अग्रस्थानमा रहँदै आएको छ । यस वर्ष उल्लासमय रजत जयन्ती मनाइरहेको यो संस्था विद्यार्थी र अभिभावकमाझ समर्पण, सफलता र प्रेरणाको प्रतीक बनिसकेको छ । शैक्षिक उत्कृष्टताको उज्यालो दियो बन्न सफल क्यापिटल मावि (सीसीआरसी) कोटेश्वर स्थापनाकालदेखि नै नेपालभर सर्वोत्कृष्ट माविमा दरिँदै आएको छ । विद्यार्थीहरूको एनईबी परीक्षामा उच्च प्राप्ताङ्क, मेडिकल, इन्जिनियरिङ लगायतका राष्ट्रिय(अन्तर्राष्ट्रिय स्तरका छात्रवृत्ति परीक्षामा प्राप्त उच्च सफलता यसको शैक्षिक स्तरीयताको प्रमाण हो । अनुभवी शिक्षक, सन्तुष्ट अभिभावक, समर्पित व्यवस्थापन, सुसज्जित भौतिक पूर्वाधार र समाजसेवामूलक गतिविधिहरूले सीसीआरसीलाई मात्र विद्यालय नभई सपनाहरूको थलो पनि बनाएको छ । रजत जयन्तीको उपलक्ष्यमा नयाँ शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीहरूमध्ये कलेजको प्रवेश परीक्षामा उत्कृष्ट २५ जनालाई कक्षा ११ र १२ पूर्ण छात्रवृत्तिमा अध्यापन गराउने निर्णय कलेज प्रशासनले गरेको छ ।
पूर्ण छात्रवृत्तिसहितको चिकित्सा शिक्षामा सीसीआरसीका विद्यार्थीहरू अग्रस्थानमा
विद्यार्थीहरूको सपना र मेहनतलाई सीसीआरसी कलेजले उनीहरूको गन्तव्यसँग संयोजन गर्छ । यही संयोजनले मेडिकल क्षेत्रमा सीसीआरसीले इतिहास रच्दै आएको छ । वर्ष २०२६ मा सीसीआरसीका ३२ जना विद्यार्थीले एकैपटक चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस अध्ययनका लागि लिइएको प्रवेश परीक्षा (सीईई) मा पूर्ण छात्रवृत्ति कोटामा नाम निकालेर विगतको यात्राको निरन्तरतालाई कायम गरेका थिए । वर्ष २०२५ मा ३० जना र वर्ष २०२४ मा २८ जना विद्यार्थीहरूले एकैसाथ एमबीबीएस अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा छात्रवृत्ति कोटामा नाम निकालेर रेकर्ड कायम गरेका थिए । सीसीआरसीका विद्यार्थीहरू केवल सफल मात्र भएका होइनन्, उनीहरूले प्रथम स्थानसम्मको यात्रा पनि पूरा गरेका छन् । सन्देश पण्डित, ईशा अमात्य र निरञ्जन अधिकारीजस्ता प्रतिभाहरूले चिकित्सा शिक्षाको प्रवेश परीक्षामा पहिलो स्थानमा नाम लेखाएर कलेजको गौरव बढाएका थिए । सन्देश पण्डितले महाराजगञ्जको एमबीबीएस प्रवेश परीक्षामा पाएको ९७ अङ्क आजसम्मकै उच्चतम अङ्क हो । यस संस्थानमा अहिलेसम्म दुई,दुई पटक दोस्रो स्थान पनि सीसीआरसीकै विद्यार्थीहरूले प्राप्त गरेका छन् । वि.सं. २०७४ मा जगतकिरण ओलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एमबीबीएस अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा पहिलो स्थानमा नाम निकालेर कलेजको नाममा अर्को सफलता थपेका थिए । त्यसैगरी यस कलेजका पाँच(पाँच जना विद्यार्थीहरूले जगदम्बा गुठीको छात्रवृत्तिमा कलकत्ता मेडिकल कलेज (भारत) मा अध्ययन गरिसकेका छन् । तीमध्ये केही अहिले वरिष्ठ चिकित्सकका रूपमा कार्यरत पनि छन् । सफलताको यो यात्रा केवल संयोग मात्र होइन । कक्षा ११ र १२ को बलियो शैक्षिक ढाँचा र प्रवेश परीक्षाको निरन्तर तयारी प्रक्रियाले यो नतिजा सम्भव भएको हो । यसरी सीसीआरसी कलेज अब केवल शिक्षालय मात्र नभएर विद्यार्थीहरूको मेडिकलतर्फको सपना साकार पार्ने एक प्रेरणादायी थलो पनि बनेको छ ।
इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा सीसीआरसीको ऐतिहासिक उपस्थिति
सीसीआरसीले आफ्नो ऐतिहासिक पहिचान आईओई (इन्जिनियरिङ अध्ययन संस्थान) पुल्चोकको प्रवेश परीक्षामा पनि स्थापित गरेको छ । वर्ष २०२६ मा सीसीआरसीका ३३ जना विद्यार्थीले एकैपटक बीई अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालेर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । यसैगरी वर्ष २०२५ मा ३१ र वर्ष २०२४ मा २९ जना विद्यार्थीहरूले आईओई पुल्चोकको प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका थिए । यसरी एकैपटक उल्लेख्य सङ्ख्यामा विद्यार्थीहरूले छात्रवृत्तिमा नाम निकाल्नु सीसीआरसीको शैक्षिक प्रतिबद्धताको स्पष्ट प्रमाण हो । वर्ष २०२५ मा सीसीआरसीका छात्र गौरवकुमार साहले नवौँ स्थानमा नाम निकालेर यस कलेजको उपलब्धिलाई राष्ट्रियस्तरमै जीवन्त बनाएका थिए भने वर्ष २०२३ मा स्निग्ध कार्कीले पनि छैटौँ स्थानमा नाम निकालेर कलेजको प्रतिष्ठालाई उच्च बनाएका थिए । यो उपलब्धी निरन्तर अभ्यास, प्रेरणा र समर्पणको उपज हो । यसभन्दा पहिले पनि वि।सं। २०७३, २०७७ र २०७८ मा यही कलेजका मेधावी छात्रहरू क्रमशः सुदीप भण्डारी, सुमन तामाङ र निराजन साहले प्रवेश परीक्षामा प्रथम स्थान हासिल गरी सीसीआरसीलाई राष्ट्रिय गौरवको शिखरमा पुर्याएका थिए । विशेषतः निराजन साहद्वारा प्राप्त १३७.८ अङ्क आईओईको हालसम्मकै सर्वोच्च अङ्क हो, जुन स्वयंमा इतिहास बनेको छ ।
सीसीआरसी केवल शिक्षाको केन्द्र मात्र नभएर नेतृत्व उत्पादनको केन्द्रबिन्दु पनि हो । स्थापनाकालदेखि अहिलेसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितात्मक परीक्षाहरूमा सीसीआरसीका विद्यार्थीहरूको प्रभावशाली उपस्थिति र असाधारण उपलब्धिले देखाउँछ, सीसीआरसी साँच्चिकै सपना देखाउने मात्र होइन, सपना साकार पार्ने संस्था हो ।
सफलता, गौरव र प्रेरणा , राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) मा सीसीआरसीको अब्बल उपस्थिति
सीसीआरसी कलेज स्थापनाकालदेखि नै शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षामा प्रतिबद्ध एक अग्रणी संस्था हो । यस कलेजले राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) को परीक्षामा निरन्तर प्रभाव जनाउँदै आइरहेको छ । जेहेनदार, मेधावी र परिश्रमी विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल यो कलेज एनईबी नतिजामा हरेक वर्ष सर्वोत्कृष्ट सफलता हासिल गर्नमा अग्रसर रहँदै आएको छ । वि.सं. २०८२ मा सम्पन्न एनईबी परीक्षामा सीसीआरसीका विद्यार्थी सुशान्त पौडेल र सुजन परियारले समान ३.९६ जीपीए प्राप्त गरी देशभरिमै सर्वोच्च स्थान हासिल गर्नु गौरवको कुरा मात्र होइन, सीसीआरसीको शिक्षण परम्पराको जीवन्त प्रमाण हो । वि.सं. २०८० र २०८१ को एनईबी परीक्षामा पनि सीसीआरसीका विद्यार्थीहरू सिजन कार्की र राजाबाबु दासले समान ३.९६ जीपीए प्राप्त गरेका थिए । वि.सं. २०८२ मा सीसीआरसीको पास प्रतिशत ९९.५ रहेको थियो भने वि.सं. २०८१ मा सीसीआरसीको पास प्रतिशत ९९.७ रहेको थियो । यो उपलब्धि उत्कृष्ट व्यवस्थापन, समर्पित शिक्षक(शिक्षिका र परिश्रमी विद्यार्थीहरूको संयुक्त सफलताको उपज हो । यसप्रकार अघिल्ला ५ वर्षको नतिजा हेर्दा समेत कलेजको औसत पास प्रतिशत ९९.५ रहेको पाइन्छ, जुन राष्ट्रियस्तरमै सर्वोत्कृष्ट हो । सीसीआरसीको इतिहासमा छात्राहरू सरु न्हिसुतु र शैलजारत्न पाण्डेले एनईबी परीक्षामा सर्वोच्च अङ्क प्राप्त गर्दै नेपाल छात्रा विद्यापदक प्राप्त गरेको सन्दर्भ प्रेरणादायी छ, जसले छात्रा सशक्तीकरण र शैक्षिक समानतामा कलेजको भूमिकालाई उजागर गर्छ । यस्तै सीसीआरसीले एनईबी नतिजामा हालसम्म चार पटक प्रथम र आठ पटक द्वितीय स्थान प्राप्त गरेर आफ्नो शैक्षिक पहिचानलाई देशव्यापी रूपमा स्थापित गरिसकेको छ । सीसीआरसी अध्ययनको केन्द्रका साथै ज्ञान, अनुशासन र प्रेरणाको सशक्त थलो हो । यहाँबाट दीक्षित भएका हजारौँ विद्यार्थीहरू आज राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न क्षेत्रमा सफलता हासिल गरिरहेका छन् । एसईई परीक्षामा उच्च ग्रेड प्राप्त गर्ने विद्यार्थीका लागि सीसीआरसी गन्तव्य संस्था साबित भएको छ । यस ठाउँमा विद्यार्थीहरूको क्षमता र सम्भावनाले सही दिशा पाउँछ । शैक्षिक क्षेत्रमा वैज्ञानिक दृष्टिकोण, मूल्य, मान्यता र समर्पित प्रयासका साथ अघि बढिरहेको सीसीआरसीले प्रत्येक वर्ष उत्कृष्टता र प्रेरणाका नयाँ आयाम निर्माण गरिरहेको छ । यस कलेजको सफलताको कथाले शिक्षा क्षेत्रमा विश्वास, निष्ठा र मिहिनेतले कसरी अविश्वसनीय उपलब्धिहरू सम्भव बनाउँछ भन्ने उदाहरण प्रस्तुत गर्छ । त्यसैले के भन्न सकिन्छ भने सपनाहरू शिक्षासँग बाँच्न सिक्ने ठाउँ हो , सीसीआरसी ।
सीसीआरसीका विद्यार्थीहरूको अन्तर्राष्ट्रिय विश्वविद्यालयमा उपस्थिति
कुनै पनि राष्ट्रको समृद्धि, त्यहाँ रहेका शैक्षिक तथा दक्ष जनशक्तिका माध्यमबाट मूल्याङ्कन गरिन्छ । सीसीआरसी शैक्षिक तथा दक्ष जनशक्ति उत्पादन गर्ने उपयुक्त संस्था हो । सीसीआरसीले देशका लागि उपयुक्त शैक्षिक दक्ष जनशक्ति उत्पादनमा अग्रणी भूमिका खेलेको छ । हजारौँको सङ्ख्यामा डाक्टर, इन्जिनियर, सीए, कृषि तथा वन वैज्ञानिकहरू तयार गरेको यस संस्थाका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वविद्यालयहरूमा अध्ययन गरेका छन् । संयुक्त राज्य अमेरिकाको एमआईटी, हार्वर्ड, न्युयोर्कजस्ता अनेकौँ प्रतिष्ठित विश्वविद्यालयबाट दीक्षित भएका सीसीआरसीका कयौँ विद्यार्थीहरूले आफ्नै जन्मभूमिलाई कर्मथलो बनाएर आफ्नो कौशल उजागर गर्दै आइरहेका छन् । सीसीआरसीका मेधावी विद्यार्थीहरू प्रमोद कँडेल, महेश थापा तथा रुचि भट्टले संसारकै एक नम्बर मानिएको एमआईटी विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा उच्च अध्ययन गरेका छन् भने सरोज कँडेलले हार्वर्ड विश्वविद्यालयबाट आफ्नो उच्च अध्ययन पूरा गरेका छन् । सीसीआरसीका छात्रछात्राहरूले बर्सेनी दर्जनौँको सङ्ख्यामा संसारकै उच्च तथा सम्मानित विश्वविद्यालयहरूमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्दै आएका छन् । वर्ष २०२५ मा समीर चौलागाईं तथा अमोद पौडेलले न्युयोर्क विश्वविद्यालयमा फुल राइड छात्रवृत्तिमा उच्च अध्ययन गर्ने मौका प्राप्त गरेका छन् भने वर्ष २०२४ मा पनि अभिषेक सुवेदी र रुक्मिणी घोरासैनीले सोही विश्वविद्यालयमा फुल राइड छात्रवृत्तिमा उच्च अध्ययन गर्ने मौका प्राप्त गरेका थिए । विदेशका प्रतिष्ठित विश्वविद्यालयहरूमा गएर पूर्ण छात्रवृत्तिमा उच्च अध्ययन गरेर आफ्नो दक्षता राष्ट्र निर्माणमा उपयोग गर्न चाहने युवा जनशक्ति उत्पादनले प्रत्यक्ष रूपमा देशको समग्र विकासलाई टेवा दिने गर्दछ । राष्ट्रिय तथा सामाजिक दायित्व बोधसहित देशको माटोलाई माया गर्ने यस्ता दर्जनौँ विज्ञहरूको उत्पादनमा आफ्नो अहम् भूमिकालाई आत्मसात् गर्दै सीसीआरसी कलेजले प्रत्यक्ष रूपमा देश निर्माणलाई सहयोग गर्दै आएको छ ।
सीसीआरसी, उच्च शिक्षाको प्रस्थानविन्दु
प्रि मेडिकल, प्रि इन्जिनियरिङ र प्रि सीएका तयारी कक्षाहरू
सीसीआरसी कलेजले कक्षा ११ देखि नै प्रि इन्जिनियरिङ, प्रि मेडिकल र प्रि सीएका तयारी कक्षाहरू सञ्चालन गर्दै आएको छ । यस्ता कक्षाहरूले विद्यार्थीहरूमा आत्मबल, अनुशासन र परिश्रमको संस्कृति विकास गर्न सघाएको छ । यी तयारी कक्षाहरूका कारण हरेक वर्ष दर्जनौँ विद्यार्थीहरू इन्जिनियरिङ, मेडिकल, सीए, कृषि, वनविज्ञानजस्ता प्रतिष्ठित संस्थाहरूमा उच्च अङ्कसहित छानिँदै आएका छन् । यसरी भविष्य निर्माणको प्रस्थानविन्दु बनाउँदै सीसीआरसीले विद्यार्थीहरूको सपना साकार पार्ने सशक्त मञ्च प्रदान गर्दै आएको छ ।
सीसीआरसी , शिक्षा र समाजसेवाको संयोजक
सीसीआरसी कलेज ज्ञानको चौतारी मात्र होइन, यो विद्यार्थीहरूको समग्र विकासको प्रेरणास्रोत पनि हो । सीसीआरसीले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूमा सामाजिक दायित्वको भावनाको विकासमा पनि प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ । यहाँका विद्यार्थीहरूले कलेजका १५ वटा विभिन्न क्लबहरूमा संलग्न भई हाजिरीजवाफ, कविता प्रतियोगिता, वैज्ञानिक अनुसन्धान, रक्तदान, चेतनामूलक र्याली, वृद्धाश्रम तथा अनाथालयलाई सहयोग, वृक्षारोपण र सरसफाइजस्ता सामाजिक कार्यहरूमा सक्रिय सहभागिता जनाइरहेका छन् । सीसीआरसीले विद्यार्थीहरूलाई हिसान र राष्ट्रियस्तरका खेलकुदमा पनि बरोबर सहभागी गराउँछ । वार्षिक रूपमा मनाइने खेलकुद सप्ताहसँगै हिसान कप लगायतका खेलकुद कार्यक्रममा पनि विद्यार्थीहरूको सशक्त भूमिका रहँदै आएको छ । सीसीआरसी ३ पटक हिसान बास्केटबलमा प्रथम भएको छ भने १७ पटक राष्ट्रियस्तरका अन्य बास्केटबल प्रतियोगितामा प्रथम भएको छ । यसैगरी यो कलेज ९ पटक विभिन्न क्रिकेट प्रतियोगितामा प्रथम, ७ पटक विभिन्न फुटबल प्रतियोगितामा प्रथम र २२ पटक विभिन्न टेबलटेनिस प्रतियोगितामा प्रथम भएको छ । यी र यस किसिमका गतिविधिमार्फत विद्यार्थीहरूले केवल आत्मविश्वास र नेतृत्व क्षमताको विकास मात्र होइन, त्यसभन्दा बढी समाजप्रतिको संवेदनशीलता र उत्तरदायित्व पनि आत्मसात् गरेका छन् । माथि उल्लेख गरेझैँ खेलकुदमा पनि सीसीआरसीले अतुलनीय सफलता हासिल गर्दै आएको छ । यसरी यस कलेजले बास्केटबल, क्रिकेट, फुटबल र टेबलटेनिसजस्ता प्रतियोगितामा बारम्बार प्रथम हुँदै हिसान र राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाएको छ । समग्रमा सीसीआरसी युग सुहाउँदो शैक्षिक थलो हो । करिब ९ रोपनी क्षेत्रफलमा विस्तारित यस कलेजका आफ्नै तीनवटा आधुनिक भवनहरू छन् । यस कलेजमा समयसापेक्ष डिजिटल कक्षाकोठा, अत्याधुनिक प्रयोगशाला तथा पुस्तकालयहरू रहेका छन् । सीसीआरसीमा दुईवटा आधुनिक क्यान्टिन रहेका छन् जसले स्वस्थकर खाना, खाजा प्रदान गर्ने गर्दछन् । भौतिक सुविधाले परिपूर्ण यस कलेजले आफ्नै प्रशोधन कक्षामार्फत शुद्ध पानी उपलब्ध गराउने गर्दछ । सीसीआरसी प्राङ्गणमा आधुनिक क्रिकसल, फुटसल, बास्केटबललगायतका विभिन्न खेलकुदका कोर्टहरू रहेका छन् । शिक्षा भनेको केवल किताबी ज्ञान मात्र होइन, त्यससँगसँगै जीवनका मूल्य र व्यवहार सिकाउने यात्रासमेत हो । विद्यार्थीहरूको सामाजिक उत्तरदायित्व र समग्र व्यक्तित्व विकासमार्फत सीसीआरसीको समर्पित यात्राले यसैलाई प्रमाणित गर्छ । यही भावनाले यहाँका विद्यार्थीहरूलाई भावी जिम्मेवार नागरिकका रूपमा तयार गरिरहेको छ, जो ज्ञान, निष्ठा र सेवाभावले भरिपूर्ण हुन्छन् ।
















