सङ्घीय संसद्को दुवै सदनका बैठक बस्दै
काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनका बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभा बैठकको सुरुमा भने सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन् । लगत्तै बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । साथै उक्त छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची पनि निर्धारण गरिएको छ ।राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन् । लगत्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने र उठेका प्रश्नहरूको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची पनि निर्धारण गरिएको छ ।

















