साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं । भारतमा सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार गोवाास्थित जवहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको हो । नेपालका लागि पहिलो हाफमा गीता रानाले गरेको गोल नै निर्णायक बन्यो । उनले २३औं मिनेटमा गरेको प्रहार भुटानी खेलाडीले क्लियर गर्ने क्रममा डिफ्लेक्ट भएर गोल भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *