कुमारी बैंकका ग्राहकले बी एण्ड बी अस्पतालमा छुट पाउने

काठमाडौं । कुमारी बैंकका ग्राहकले बी एण्ड बी अस्पतालका सेवा तथा औषधिमा छुट पाउने भएका छन् । बैंक र ग्वार्कोस्थित सो अस्पतालबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरु इनपेसेन्ट, आउटपेसेन्ट, आकस्मिक सेवा सुविधा तथा औषधिहरूमा बैंकका ग्राहकले १० प्रतिशतसम्मको विशेष छुट पाउने छन् । विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर २८६ शाखा सञ्जाल, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहीत बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ । ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेबारीको रूपमा लिँदै बैंकले देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गर्दै आएको छ । जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँचका लागि मद्दत गर्दछ । बैंकले आगामी दिनहरूमा पनि अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *