स्कटल्यान्डलाई हराउँदै मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

काठमाडौं । स्कटल्यान्डलाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । बोस्टन स्टेडियममा शनिबार बिहान भएको खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । योसँगै नकआउट चरणमा पुग्ने सम्भावना पिन बलियो बनाएको छ । मोरक्कोको जितमा इस्माइल साइबारीको निर्णायक गोल गरे । उनले खेलको दोस्रो मिनेटमा गरेको गोल नै मोरक्कोको जितका लागि पर्याप्त भयो ।

ब्राहिम डियाजले दिएको उत्कृष्ट पासलाई उनले गोलमा परिणत गरे । खेल फर्किन केही राम्रो अवसर पाएपनि स्कटल्यान्ड सफल हुन सकेन । समूह ‘सी’ मा मोरक्कोले २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा छ । मोरक्कोले पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको थियो । हाइटीलाई हराएको स्कटल्यान्ड ३ अंकसहित दोस्रो स्थानमा छ । एक खेल खेलको ब्राजिल एक अंकसहित तेस्रो र हाइटी अंकविहीन रहँदै चौथो स्थानमा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *