स्वेच्छा साकोसद्वारा स्थापना दिवसको अवसरमा सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रलाई सहयोग

पाँचखाल ४ तामाघाटमा रहेको स्वेच्छा बचत तथा ऋण सहकारी संस्था स्थापनाको १७ औ बर्षमा प्रवेश गरेको छ । संस्थाले सो अवसरमा सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रका आवासीय बालबालिकाका लागि आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएको छ । संस्थाले खरेलथोकस्थित सुस्त मनस्थिति तथा अपाङ्ग पुनर्स्थापना केन्द्रमा पुगेर सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवामूलक कार्यक्रमहरू गरेको हो । सो अवसरमा केन्द्रमा आश्रित बालबालिका तथा सेवाग्राहीहरूलाई आवश्यक खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामग्रीहरू वितरण गरिएको थियो । साथै, बालबालिकाहरूसँग आत्मियता साटासाट गर्दै उनीहरूलाई मिठाईका परिकारसहित भोजन गराइएको संस्थाले जनाएको छ । सहकारी केवल आर्थिक कारोबार गर्ने संस्था मात्र नभई समाजप्रतिको उत्तरदायित्व वहन गर्ने सामाजिक संस्था पनि हो भन्ने सन्देश यस कार्यक्रममार्फत प्रवाह भएको छ।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य, कर्मचारी, शुभेच्छुक तथा सहयोगी हातहरूप्रति संस्थाले आभार व्यक्त गरेको छ । संस्थाले आफ्नो कार्यक्षेत्रधित्र विगतमा यस्ता सामाजिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ । सहकारी मूल्य,मान्यता र सिद्धान्तमा रहेर वित्तीय कारोबार गर्दै आएको उक्त संस्थाले सदस्यको आर्थिक सामाजिक रुपान्तरणमा उल्लेख भूमिका खेल्दै आएको छ । संस्थाका अध्यक्ष ओमकार श्रेष्ठले संस्थाको भावी कार्ययोजना, लक्ष्य तथा आगामी दिनमा गरिने क्रियाकलापका विषयमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक सन्तोष नापितले गरेका थिए ।“सहकार्य, पारदर्शिता र सदस्यको समृद्धि नै हाम्रो प्रतिबद्धता” भन्ने भावनासहित संस्थाले आफ्नो वित्तीय सहित अन्य गतिविधि सञ्चालन गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *