मोरोक्को सहआयोजक क्यानडालाई हराउदै क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । सहआयोजक राष्ट्र क्यानडा मोरोक्कोसँग ३-० ले पराजित भएसँगै क्यानडा विश्वकपबाट बाहिरिएको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ५० औँ मिनेटमा अजेडिन ओनहायीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । अकरफ हकिमिले दिएको पासलाई अजेडिनले गोलमा परिणत गरेका थिए । उनले खेलको ८२ औँ मिनेटमा अर्को गोल गरे । खेलको अतिरिक्त समयमा सुफियान रहिमिले गोल गर्दै नतिजा ३-० मा पुर्याएका हुन् । खेलमा मोरोक्कोका स्टार खेलाडी इसामेल साइबेरी चोटका कारण बाहिरिन पुगेका थिए । क्यानडा र मोरोक्को दुवै टोलीका गरी ६ खेलाडीले पहेँलो कार्ड प्राप्त गरे । मोरोक्कोले क्वाटरफाइनलमा फ्रान्स र पाराग्वेको खेलबाट विजेता हुने टोलीसँग खेल्नेछ ।

















