सहकारी महासंघद्वारा महिला मिलन साकोस सम्मानित

पदमपोखरी, हेटौडा–१३ मकवानपुरमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट सहकारी व्यवसाय २०८२ बाट सम्मानित भएको छ । राष्ट्रिय सहकारी महासंघले १०४ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा बागमती प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा महिला मिलन साकोसलाई सम्मानित गरेकोे हो । कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष केशब बडालले संस्थाकी अध्यक्ष मिना थापा र प्रमुख व्यवस्थापक फूलमाया मुक्तानले सो सम्मान प्रदान गरेका थिए । संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी महिला सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा खेलेको भूमिकाको मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको महासंघले जनाएको छ ।

२०५८ सालमा स्थापना भएको उक्त संस्थाले हालसम्म ६ हजार ४ सय सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । स सानो ऋण लगानी मार्फत् महिला सदस्यहरुको आयस्तरमा वृद्धि गर्नुका साथै उनीहरुको वित्तीय तथा सामाजिक जिवनस्तर परिवर्तनमा समेत संस्थाले उल्लेख भूमिका खेलेको छ । संस्थाको शेयर पुँजी ७ करोड २२ लाख,जगेडा कोष ४ करोड ५१ लाख र कुल संस्थागत पुँजी ४ करोड ८८ लाख रहेको छ । संस्थाले ७० करोड ७३ लाख ९२ हजार बचत संकलन गरी ५४ करोड ८४ लाख ७३ हजार ऋण लगानी गरेको छ । ९३ करोड कुल सम्पत्ति पुगेको संस्थामा १४ प्रतिशत माथि तरलता रहेको छ । संस्थाले २ हजार ८ सय माथि सदस्यहरुलाई विभिन्न शिर्षकमा ऋण लगानी गरेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *