रवि र बालेन चारघण्टा छलफल
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन साहबीच आज लामो छलफल भएको छ । सभापति लामिछानेलाई भेट्न साह बूढानीलकण्ठ पुगेका थिए । प्रधानमन्त्री साह र लामिछानेबीच लामो छलफल भए पनि के विषयमा कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन । पछिल्लो समय सुकुम्वासी समस्या समाधानमा सरकार प्रभावकारी हुन नसकेको भन्दै लामिछाने असन्तुष्ट बनेको स्रोत बताउँछ ।
















