गोकर्णेश्वर नगरपालिका र ॐ हस्पिटलबीच स्वास्थ्य सहकार्य सम्झौता

काठमाण्डौं । गोकर्णेश्वर नगरपालिकाका नागरिकलाई सहज, गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., चाबहिल र गोकर्णेश्वर नगरपालिकाबीच महत्वपूर्ण स्वास्थ्य सहकार्य सम्झौता सम्पन्न भएको छ। यस सम्झौताअनुसार गोकर्णेश्वरवासीले ॐ हस्पिटलमा रु. १ लाखसम्मको निःशुल्क उपचार सहुलियत प्राप्त गर्नेछन्। साथै, नेपाल सरकारले बिरामीलाई लाग्ने ३ प्रतिशत करसमेत नगरपालिकाले नै व्यहोर्ने व्यवस्था गरिएको छ, जसले उपचार खर्चमा थप राहत प्रदान गर्नेछ। सम्झौता समारोहमा ॐ हस्पिटलका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसाल, प्रमुख प्रशासकीय अधिकृत यम नारायण गौली लगायत जनप्रतिनिधि तथा पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। तीन दशकभन्दा बढी समयदेखि विशेषज्ञ चिकित्सक, अत्याधुनिक प्रविधि र गुणस्तरीय सेवामार्फत नागरिकको विश्वास जित्दै आएको ॐ हस्पिटल यस सहकार्यले गोकर्णेश्वरवासीलाई अझ सहज, प्रभावकारी र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध छ। निजी–सार्वजनिक साझेदारीको यो पहलले नागरिकमुखी स्वास्थ्य सेवा विस्तारमा नयाँ आयाम थप्ने विश्वास लिएका छौँ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *