राष्ट्रिय स्वाधीनतामाथि ठूलो दबाब र हस्तक्षेप बढेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निकै ठूलो अप्ठ्यारोमा रहेको बताएका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राष्ट्रिय स्वाधीनतामाथि ठूलो दबाब र हस्तक्षेप भएको बताएका हुन् । प्रचण्डले भने, “प्रतिक्रान्ति, प्रतिगमनले टाउको उठाएको छ । त्यो निरन्तर अगाडि बढेकाले सबै कम्युनिस्ट र वामपन्थी शक्तिहरू सहकार्यमा आउनुपर्दछ भन्ने कुरा नै सबैको सार रहेको छ ।” त्यो स्थिति कसरी पैदा गर्ने भन्ने बारेमा एकरूपता अझै बनिनसकेको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *