देश र कांग्रेस जोड्ने अभियानले अब हस्ताक्षर संकलन गर्ने

काठमाडौं । कांग्रेसभित्र एकताको पक्षमा जनमत निर्माण गर्ने अभियानले देशव्यापी हस्ताक्षर संकलन कार्यक्रम अघि बढाउने भएको छ । अभियानका अनुसार यो हस्ताक्षरलाई कागजमा गरिने समर्थन नभई ‘कांग्रेस एकताबद्ध हुनुपर्छ’ भन्ने आम कार्यकर्ता र शुभेच्छुकको सामूहिक आवाजका रूपमा अघि बढाइने छ । अभियानका अगुवाहरूले कांग्रेसलाई पुनः गाउँ, कार्यकर्ता र आम नागरिकको भावनासँग जोड्ने उद्देश्य रहेको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *