रिलायबल समृद्धि योजनाले ८.४२ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवद्र्धक र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित बन्दमुखी योजना रिलायबल समृद्धि योजनाले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापकको साउन २८ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२।८३ सम्मको सञ्चित कोषबाट इकाइधनीलाई ८.४२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार करसहितको उक्त लाभांश रकम १० करोड १० लाख ५२ हजार ६३१ रुपैयाँ ५८ पैसा बराबर हुनेछ । लाभांश वितरण प्रयोजनका लागि भदौ १० गते एक दिन इकाइधनी दर्ता किताब (बुक क्लोज) गर्ने निर्णय भएको छ । जसअनुसार भदौ ९ गतेसम्म कायम रहेका इकाइधनीले प्रस्तावित नगद लाभांश पाउनेछन् ।
















