गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो रजिष्टर्ड (केन्द्रीय) कार्यालय स्थानान्तरण गरेको छ । बैंकको २०८२ कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाको निर्णय बमोजिम हाल काठमाडौँ महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालयलाई स्थानान्तरण गरिएको हो । बैंकले दिएको जानकारी अनुसार, बुधबारदेखि लागू हुने गरी बैंकको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका वडा नं ३, बालुवाटारस्थित बैंकको आफ्नै नयाँ भवनमा सारिएको छ । कार्यालय स्थानान्तरण भए पनि बैंकले दिने सेवा र सुविधाहरूमा कुनै परिवर्तन नहुने बैंकले स्पष्ट पारेको छ ।

















