बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन

काठमाडौँ । अन्ततः बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न राप्रपाले समर्थन गरेको छ । प्रदेश सरकार गठनका लागि राप्रपाका १२ सांसदले समर्थन गर्ने सहमति भएपछि एमालेका किरण थापामगरले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । नेपालको संविधान धारा १६८ को २ बमोजिमको सरकार गठनका लागि ६३ सांसदको समर्थनमा थापाले दाबी पेस गरेका हुन् । एमालेको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार बनेका थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सहित ६३ सांसदको समर्थनमा सरकार गठनका लागि बुधबार दाबी पेस गरेका हुन् । थापाको दाबी पेसका लागि एमालेका संसदीय नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा, नेकपा दलका नेता शालिकराम जम्काट्टेलले समर्थन पत्रमा हस्ताक्षर गरेका छन् । यसअघि राप्रपाले सरकार निर्माणमा संलग्न नहुने बताउँदै आएको थियो । यद्यपि राप्रपाले आवश्यक निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *