वाग्मतीका मुख्यमन्त्री थापाले लिए शपथ

हेटौँडा । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई शपथ गराएका हुन् । यसअघि दुईपटक प्रदेशको स्वास्थ्य मन्त्रालय सम्हालेका थापा संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशको सातौँ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि उनले एमालेसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री दाबी पेस गरेका थिए । प्रदेश प्रमुख देवकोटाले बुधबार नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहीबार (आज) दिउँसो ४ बजेसम्मको समय दिएक थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *