गृहमन्त्रालयमा गरिमा चौधरीका आमा–बुबासँग छलफल सुरु

काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीय बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ । अहिले भर्खरै गृहमन्त्री सुधन गुरुङसहितको गृहमन्त्रालयको टोलीले र गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल सुरु गरेको छ । छलफलका लागि आजै दिउँसो सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज र आमा मानमती काठमाडौं आएका थिए । उनीहरूसँगै केही स्थानीय अभियन्ता पनि आएका छन् । छलफलमा सहभागी हुन कृषिमन्त्री गीता चौधरी पनि गृहमन्त्रालयमा छिन् । गरिमाको न्यायका लागि बारा, काठमाडौंलगायत देशभरका विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *