बाढी प्रभावितको राहत तथा उद्धारका लागि शुभकामना साकोसको १ लाख २५ हजार सहयोग

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले बाढी प्रभावितको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २५ हजार एक रुपैयाँ सहयोग गरेको हो । सरकारले राहत तथा उद्धारका लागि गरेको सहयोग आव्हानलाई आत्मसाथ गर्दै विपद्का कारण प्रभावित नागरिकहरुको राहत उद्धार तथा पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उदेश्यका साथ उक्त र सहयोग गरेको अध्यक्ष रामप्रसाद कासुलाले बताए ।

कोषमा सहकारीका सदस्य, संचालक समिति तथा विभिन्न उपसमिति र कर्मचारीहरुको तर्फबाट एक लाख पच्चीस हजार एक रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको उनको भनाई छ । साथै संस्थाले यस प्राकृतिक विपद्का कारण दिवंगत हुनुभएका स्वदेशी तथा विदेशी नागरिकहरुप्रति हार्दिक श्रदान्जली व्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवारजनप्रति हार्दिक सहानुभूति र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । गत भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा लगायतका प्रभावित क्षेत्रमा अकल्पनीय भौतिक तथा मानवीय क्षति भएकोप्रति संस्थाले गहिरो दुःख व्यक्त समेत गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *