सिंहदरबारभित्र दुर्घटना, सांसद र यूएनडीपीका कार ठोक्किए

काठमाडौं । प्रशासकीय केन्द्र सिंहदबारभित्र नै कार दुर्घटना भएको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले सिंहदरबारभित्र रास्वपा सांसदको गाडीलाई ठक्कर दिएको हो । विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्रालयअगाडि यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले रास्वपा सांसद नितिमा कार्की भण्डारीको गाडीलाई ठक्कर दिएको हो । ठक्कबार भण्डारीको वाग्मती प्रदेश ०१–०२८ च ९००९ नम्बरको गाडीमा क्षति पुगेको छ । दुर्घटनाबारे सोधपुछ भइरहेको ट्राफिक प्रहरीका एसपी नरेश सुवेदीले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *