रिलायन्स स्पिनिङ मिल्सको ईपीएसमा उच्च वृद्धि

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३।०८४ को पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी (ईपीएस)मा उल्लेख्य सुधार गरेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार वार्षिकीकरण गरिएको ईपीएस ६२.९७ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा वार्षिकीकरण गरिएको ईपीएस ४२.९८ रुपैयाँ थियो । समीक्षा अवधिको नाफालाई हाल कायम सेयर संख्याका आधारमा हेर्दा त्रैमासिक ईपीएस करिब १६ रुपैयाँ देखिन्छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३० करोड ४८ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड ८८ लाख ९० हजार रुपैयाँ रहेको थियो । यस आधारमा कम्पनीको त्रैमासिक नाफा करिब ४.४३ गुणाले बढेको छ । नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातमुखी धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ मिल्स गत आर्थिक वर्षमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकरण भएको थियो ।

कम्पनीको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपैयाँ रहेको छ । ईपीएसमा भएको सुधारसँगै कम्पनीको सञ्चालन नाफामा पनि उल्लेख्य वृद्धि भएको छ । पहिलो त्रैमासमा कम्पनीले तीन अर्ब २० करोड २९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी दुई अर्ब ४८ करोड ७१ लाख रुपैयाँ थियो । यस हिसाबले सञ्चालन आम्दानी करिब २९ प्रतिशतले बढेको छ । कम्पनीको कुल नाफा बढ्नुमा बिक्री तथा सञ्चालन आम्दानीमा भएको वृद्धि मुख्य कारण हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ४० करोड ५७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १६ करोड ९१ लाख रुपैयाँभन्दा दोब्बरभन्दा पनि बढी हो । ३० प्रतिशत नगद लाभांश वितरण रिलायन्सले आर्थिक वर्ष २०८२।०८३ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण पनि गरेको छ । कम्पनीको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत (५७ करोड रुपैयाँ नगद) लाभांश वितरण गरिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *