रारा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

मुगुको रारा ताल जाने क्रममा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार मुगुको छायाँनाथ नगरपालिका–७ टोप्लामा बा १७ च १८६४ नम्बरको हाइलक्स दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार मृत्यु हुनेमा काठमाडौंको कलंकी स्थायी ठेगाना भएका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा छन् । उनीहरूको जिल्ला अस्पताल मुगुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थपलियाका अनुसार ललितपुर महानगरपालिका–१५ का गाडी चालक ५८ वर्षीय कञ्चन थापा र उनकी श्रीमती ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरूको अवस्था मध्यम छ । उनीहरूको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *