हिमालयन बैंक र दराजबीच ११.११ अभियानको लागि सम्झौता


काठमाडौं । हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराज केयमुबीच बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजयमान नकर्मी र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । यो योजना कर्तिक २५ गते दिन लागु हुनेछ । बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २५सय सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई—कमर्शको लागि सक्रिय गर्नु पर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *