अर्जेन्टिनासँग हारेपछि फ्रान्सका दुई खेलाडी निशानामा


काठमाण्डौं । फ्रान्स फुटबल फेडरेशनले फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनासँग हारेपछि फ्रान्सेली टोलीका केही खेलाडीहरूप्रति सामाजिक सञजालमा रंगभेदी दुर्व्यवहार भइरहेकोप्रति निन्दा गरेको छ । फेडरेशनले यसविरुद्ध कानुनी उपचारमा जाने पनि बताएको छ । टोलीका खेलाली किंग्सली कोमान र ओहेलिया चुयामेनी दुर्व्यवहारको निशाना बनेका छन् । पेनाल्टी शुटआउटका क्रममा दुवै खेलाडीले गोल गर्न सकेका थिएनन् । यो घटनापछि अघिल्लो वर्ष युरोकप फाइनलमा भएको घटनाको फेरि एकपटक सम्झना हुन गएको छ जहाँ इटालीसँग हारेपछि इंग्ल्याण्डका तीन खेलाडीहरूमाथि यसै किसिमको दुर्व्यवहार भएको थियो । फ्रान्सका फुटबल प्रमुखले कडा वक्तव्य जारी गर्दै दुर्व्यवहार गर्नेहरूप्रति निन्दा गरेका छन् । फ्रान्स फुटबल फेडरेशनले भनेको छ, ‘विश्वकप फाइनलपछि फ्रान्सको टिमका केही खेलाडीहरूमाथि सामाजिक सञ्जालमा नस्लवादी र अस्वीकार्य टिप्पणी भइरहेका छन् । हामी यसको निन्दा गर्छौं । यस्ता हर्कतविरुद्ध कानुनी उपचारमा जान्छौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *