कांग्रेस सांसदलाई दीपकराज गिरीको कटाक्ष ः घाँस खान छोडेर परालतिर को जान्छ


काठमाडौं । दीपकराज गिरी समसामयिक मुद्दामा विचार राखिरहने अभिनेतामध्ये पर्छन् । खासगरी राजनीतिमा उनको चासो छ । उनै दीपकले बुधबार भएको नेपाली कांग्रेस संसदीय दलको नेताका लागि भएको चुनाव र यसको नतिजालाई लिएर व्यंग्य गरेका छन् । उनी लेख्छन्, ‘सरकार र शक्ति भनेको घाँस हो । परिवर्तन भनेको पराल हो । घाँस खान छोडेर परालतिर जान्छ कोही ’संसदीय दलको नेताका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा थिए । देउवा ६४ मत ल्याएर विजयी हुँदा थापाले २५ मत पाए । कांग्रेस संसदीय दलको नेताको यो चुनावलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक टीकाटिप्पणी भइरहेको थियो भने धेरैले यसलाई चासोको रुपमा लिएका थिए ।कांगे्रसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने परम्परा छ । तर देउवालाई चुनौती दिंदै थापाले उम्मेदवारी दिएपछि चौतर्फी चासो थियो । कलाकारले समेत यसप्रति चासो राखेका थिए । दीपकराज गिरीको उक्त कटाक्ष कांग्रेस सांसदप्रति लक्षित भएको बुझ्न कठिन छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *