व्यक्तिगत सुरक्षाको सुविधा लिएका व्यक्तिहरुले ४८ घण्टाभित्र फिर्ता गर्न अल्टिमेटम

काठमाडौं । गृह मन्त्रालयले व्यक्तिगत सुरक्षाको सुविधा लिएका व्यक्तिहरुले ४८ घण्टाभित्र फिर्ता गर्न अल्टिमेटम दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, “विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउनको लागि विशिष्ट व्यक्तिहरुको सुरक्षा र सम्मानलाई ध्यान दिँदै नेपाल सरकारबाट विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ जारी भई हाल कार्यान्वयनमा रहेको छ ।

उक्त कार्यविधिमा तोकिएअनुसारका बहालवाला तथा पूर्वकर्मचारी तथा सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ । उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *