सिटिजन्स् बैंकको २ शाखा मधेश प्रदेशमा


काठमाडौं । सिटिजन्स् बैक इन्टरनेसनलले थप दुई स्थानमा सर्लाहीको बरहथवामा र वीरगन्जको कृष्ण प्रणामी चोकमा शाखा विस्तार गरेको छ । योसँगै बैंकको शाखा संख्या १८२ पुगेको छ । सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको जनाएको छ । बैंकले उक्त शाखाबाट सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *