प्रचण्ड र ओलीबीच २ घन्टा भएको वार्ता, राष्ट्रपति चयनमा राष्ट्रिय सहमति अनिवार्य आवश्यक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज दुई घन्टाभन्दा बढी वार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार यी दुई शिर्ष नेताहरुबचि भेटवार्ता भएको हो । सो छलफलमा भावी राष्ट्रपतिबारे विभिन्न गणीतिय छलफलका आधारमा छलफल भएको स्रोतले जनाएको छ । एमालेले पूर्वसहमति अनुसार अबको राष्ट्रपति एमालेले आफ्नो पाटीृबाट हुने बताएपनि माओवादी केन्द्रले राष्टिय सहमतिमा अबको राष्टपतिको चयन हुुने बताएको छ । माओवादी केन्द्रले वर्तमान सरकारमा आँफु भएको बेला धेरै समस्यमा परेपछि अबको राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा चयन हुने दावी गर्दै आएको छ ।

नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई संसदमा विश्वासको मत दिएपछि माओवादीले राष्ट्रिय सहमतिमा जोड दिदै आएको छ । यस अघिको बैठकमा पनि माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसका पक्षमा रहने समेत बताएको छ ।

माओवादीले राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिन फागुन १३ गतेभन्दा अघि नै राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्न लागेको स्रोतले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *